newskoseli.Com

परीक्षा नियन्त्रण कार्यालयको यो हदको लापरबाही : उत्तीर्ण विद्यार्थीको मार्कसिटमा ठाउँठाउँमा ‘तारा’ !

मुलुकको सबैभन्दा पुरानो, ठूलो र प्रशस्त जनशक्ति भएको त्रिभुवन विश्वविद्यालयमा चरम लापर्बाही देखिएको छ । विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय त्यसको चरम रूप बनिरहेको छ ।

यो अपत्यारिलो सत्य हो । बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका) पुगेका हरेक सेवाग्राही स्वतः यसको साक्षी बन्ने गरेका छन् । त्यहाँ पुग्ने सेवाग्राही विभिन्न खाले समस्या झेल्न बाध्य हुने गरेका छन् । उत्तीर्ण भएका विद्यार्थीको मार्कसिटमा पनि ‘फेल’ भएकाको जस्तो ‘तारा’ चिह्न राखेर परीक्षा नियन्त्रण कार्यालयले लापरबाही गरेको छ ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेस्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्कसिटमा दुई वटा ‘तारा’ लागेर आयो । दुई वटा ‘तारा’ लाग्नुको अर्थ हो– उनी दुई पटकसम्म फेल भए ।

यसलाई सच्याउन फेरि विद्यार्थी बल्खु धाउनुपर्छ । धाएर मात्र पुग्दैन, कर्मचारीले गर्ने यस्ता गल्ती सच्याउन पनि विद्यार्थीले नै थप दस्तुर समेत बुझाउनुपर्छ । परीक्षा नियन्त्रण कार्यालयका यस्ता समस्या, कमजोरी र लापरबाही एक–दुई थरी मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधिमैत्री बन्न सकेको छैन ।

केही महिनाअघि २४ घन्टाभित्र ट्रान्स्कृप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता रहेको खबर प्रशान्त वलीको बाइलाइनमा आइतबारको राजधानी दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर