newskoseli.Com

त्रिशूली बस दुर्घटना अपडेट : ५ को मृत्यु, २९ घाइते

झापाको काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबस आइतबार बिहान धादिङमा त्रिशुली नदीमा खस्दा ४ जनाको घटनास्थलमै मृत्यु भएको भने १ जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको छ । सो दुर्घटनामा २९ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक हेमराज घिमिरेले जानकारी दिएका छन् ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षीया सीता थपलिया, कन्याम, इलामका २० वर्षीय विशाल गिरी, थानकोट, काठमाडौंका ५१ वर्षीय राजकुमार सुवेदी रहेको प्रहरीले जनाएको छ । अरु २ जनाको सनाखत हुन सकेको छैन ।

ना ७ ख ४३८७ नम्बरको बस गजुरी गाउँपालिका– ६, बन्छेटारबाट त्रिशूली नदीमा खसेको हो । घाइतेको उद्धारका लागि नेपाली सेना, जनपद र सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएका छन् । दुर्घटना के कारणले र कसरी भयो भन्ने अझै नखुलेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर