newskoseli.Com

पाँचथरमा ९ जनाको सामूहिक हत्या : आत्महत्या गर्ने युवक नै ‘हत्यारा’

पाँचथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा मंगलबार राति ९ जनाको सामूहिक हत्या गरिएको छ । सो हत्यामा मृतकहरुकै आफन्तको संलग्नता रहेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्दै गएको छ ।

मिक्लाजुङकै वडा नम्बर ७ स्थित एक रुखमा झुन्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला फेला परेपछि ९ जनाको सामूहिक हत्यामा उनकै संलग्नता हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनामा घाइते भएकी बालिकाको बयान र स्थानीयवासीको भनाइका आधारमा हत्यामा माखिमकै संलग्नता रहेको हुन सक्ने आशंका गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताएका छन् ।

सामूहकि हत्या उनैले गराएको अन्तिम निष्षर्षमा पुगिनसके तापनि हालसम्म प्राप्त तथ्यहरुको विष्लेषणबाट उनीमाथि नै आशंका गर्न सकिने निकै आधारहरु फेला परेको डीएसपी कुँवरको भनाइ छ । रूखमा ङुन्डिएर आत्महत्या गरेका माखिम सामूहिक हत्याकाण्डमा मारिएकामध्येका ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाइँ भएको स्थानीयवासीले बताएका छन् ।

मकुन्डो लगाएर आएको हतियारधारीको समूहले ९ जनाको नै वीभत्स हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर अनिल पौडेलले जानकारी दिएका छन् । के कारणले हत्या भयो भन्नेबारे अझै केही खुल्न सकेको छैन ।

सो हत्याकाण्डमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू मारिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर