newskoseli.Com

विप्लवद्वारा जेठ १३ मा नेपाल बन्द आह्वान (विज्ञप्तिसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जेठ १३ मा नेपाल बन्दको आह्वान गरेको छ ।

सो पार्टीसम्बद्ध युवा संगठनका कार्यकर्ता तीर्थराज घिमिरेलाई प्रहरीले गिरफ्तार गरेर मंगलबार राति हत्या गरेपछि त्यसको ‘प्रतिरोध’ स्वरुप नेपाल बन्दको आह्वान गरिएको सो पार्टीका महासचिव विप्लवद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । महासचिव विप्लवले बुधबार अबेर विज्ञप्ति जारी गर्दै जेठ १३ मा नेपाल बन्दसहित संघर्षका कार्यक्रमहरुको श्रृंखला घोषणा गरेका हुन् ।

सांगठनिक कामको सिलसिलामा भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा पुगेका युवा संगठनका तीर्थराज घिमिरे ‘राजु’ लाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले मंगलबार गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै विज्ञप्तिमार्फत महासचिव विप्लवले घोर आपत्ति प्रकट गरेका छन् ।

लौ पढ्नोस् विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर