newskoseli.Com

राजधानीका ३ ठाउँमा बम विष्फोट : ४ को मृत्यु, ६ घाइते

राजधानीको सुकेधारा र अनामनगरस्थित घट्टेकुलोमा आइतबार दिउँसो शक्तिशाली बम विष्फोट भए । विष्फोटबाट ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

घटनास्थलमा २ जनाको मृत्यु भएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पुष्टि गरेका छन् । सुकेधारा र अनामनगरका दुवै विष्फोटनस्थलमा एक–एक जना मृत भेटिएको उनले बताएका छन् । ओम अस्पतालमा थप २ जनाको मृत्यु भएको छ ।

सुकेधारा नजिक ढलाने पुल छेउमै रहेको सैलुनमा सिलिन्डर बम विस्फोट भएको बताइए पनि पछि प्रेसर कुकर बम भएको बताइएको छ । यस विस्फोटमा घाइते भएका ६ जनालाई ओम अस्पताल पुर्‍याइएकामा २ जनाको त्यहीं निधन भएको छ ।

त्यस्तै, घट्टेकुलोको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ । प्रारम्भिक अनुसन्धान अनुसार दुवै स्थानमा खाना पकाउने ग्यासको सिलिन्डर विस्फोट भएको प्रहरीले बताएको थियो ।

सिलिन्डर आफैं पड्किए वा कसैले विस्फोट गराए भन्नेबारे अनुसन्धान भैरहेको प्रहरी प्रवक्ताले बताए पनि दुवै घटना सुनियोजित विष्फोटन भएको प्रत्यक्षदर्शीहरूको दावी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर