newskoseli.Com

विप्लव नेकपाका ४ कम्पनी जनसेना ! देशभर जनसत्ता समेत… (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले ४ कम्पनी जनसेनाको निर्माण गरिसकेको दावी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गरेका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै विप्लव नेकपाले जनसरकारका रुपमा जनपरिषद भन्ने संस्था र जनसेनाका रुपमा चार वटा कम्पनी निर्माण गरेको दावी गृहमन्त्री थापाले गरेका हुन् । उनका अनुसार विप्लव नेकपाको अबको मुख्य निशानामा राजधानी उपत्यका रहेको छ ।

‘केही समययता विप्लव नेतृत्वको नेकपाले संविधान र राज्यव्यवस्थाविरुद्ध र शान्तिविरोधी गतिवधि गर्दै आएको छ,’ गृहमन्त्री थापाले भने– ‘यो गतिविधिका लागि उनीहरूले नेकपा नामको पार्टी, जनपरिषद र जनसेना गठन गरेका छन् ।’

विप्लव नेकपाले सशस्त्र र गैरकानुनी गतिविधि सञ्चालन गर्दै आएको दावी गर्दै निर्वाचनको बेलादेखि सुरु भएका उनीहरूका गतिविधिको निरन्तरता अहिलेसम्म देखिएको गृहमन्थी थापाले बताए । विप्लव नेकपाले आइतबार र सोमबार देशभर आगजानी र विस्फोटका घटनाहरु भएको औपचारिक जानकारी गराए ।

आइतबारका विस्फोटहरूमा चार जनाको मृत्यु भएको र झन्डै आधा दर्जन घाइते भएको जानकारी समेत गृहमन्त्री थापाले संसदलाई गराए । आइतबार मृत्यु हुने तथा घाइतेहरु सबै समेत विप्लवकै संगठनसँग सम्बध व्यक्तिहरु रहेको पनि उनले बताए । बुढानीलकण्ठ नगरपालिका– ४ स्थित ढलाने पुलनजिक जस्ताले छाएको एकतले घरमा महोत्तरीका जीवकुमार ठाकुरको पसलभित्रको कोठामा आइतबार बम विस्फोट भएको गृहमन्त्री थापाले बताए ।

सो विष्फोटमा एक जनाको घटनास्थालरमै र घाइते दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जानकारी उनले दिए । घाइते हुनेहरुमा कपनका हरि खड्का, सुरेन्द्र महर्जन र नाम नखुलेका एक व्यक्ति रहेका छन् । उक्त विष्फोटमा परेका छोटु ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ ।

त्यसैगरी, मैतीदेवीस्थित लोकमञ्जरी कार्कीको तीनतले घरमा भएको विस्फोटमा बझाङका २७ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको छ भने रुकुमका २६ वर्षीय रविन केसी घाइते भएका छन् । केसीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

आइतबार साँझ नै चन्द्रागिरी– ३ मा भएको विस्फोटपछि मोटरसाइकलमा प्रेसरकुकरका टुक्रासहित घाइते दुई जनालाई थानकोट वृत्तले फेला पारेको जानकारी समेत गृहमन्त्री थापाले संसदलाई दिए । गृहमन्त्री थापाका अनुसार सो घटनामा ललितपुरका बुद्ध लामा र विक्रम लामा घाइते भएका छन् । घाइतेमध्ये बुद्धको वीर अस्पतालमा र विक्रमको कलंकीस्थित सहिदस्मारक अस्पतालमा उपचार भइरहेको छ ।

भिडियोमा हेर्नोस् गृहमन्त्री बादलको मन्तव्य–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर