newskoseli.Com

अर्थमन्त्रीले प्रस्तुत गरे आ.व. २०७६/७७ बजेट

सरकारले सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठकमा बुधबार अपराह्न आ.व. २०७६/७७ को वार्षिक बजेट पेस गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसदमा आ.व. २०७६/७७ का लागि नेपाल सरकरको आय र व्ययको अनुमान वविरण अर्थात् बजेट पेस गरेका हुन् ।

अर्थमन्त्रीले राजश्व र व्ययको अनुमान प्रत्येक वर्ष जेठ महिनाको १५ गते सङ्घीय संसदमा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । बुधबारको बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले अर्थमन्त्रीलाई बजेट प्रस्तुत गर्न अनुमति दिए । सरकारले वार्षिक अनुमान पेस गर्दा प्रत्येक मन्त्रालयलाई छुट्याइएको रकम अनुसारको लक्ष्य प्राप्त भयो–भएन, त्यसको विवरण पनि पेस गर्नु पर्नेछ ।

अर्थमन्त्रीका हैसियतले डा. खतिवडाले दोस्रो पटक सरकारको वार्षिक बजेट पेस गरेका हुन् । सङ्घीय संसद् नयाँ बानेश्वरमा अर्थमन्त्री डा. खतिवडाद्वारा अपराह्न ४ बजेदेखि पेस भएको बजेटसम्बन्धी कार्यक्रमको रेडियो नेपाल र नेपाल टेलिभिजनलगायतका विभिन्न सञ्चारमाध्यले प्रत्यक्ष प्रसारण गरे ।

बजेटसम्बन्धी समाचार लेख्ने सन्दर्भमा संसद् भवन परिसरमा अघिपछिको संसद् बैठकको तुलनामा सञ्चारकर्मीको निकै बाक्लो उपस्थिति रह्यो । अघिल्ला वर्ष झैं यस वर्ष चाहिँ बजेट कार्यक्रमको अवलोकनका लागि नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिलाई आमन्त्रण नगरिएको संसद् सचिवालय स्रोतले जनाएको छ । नेपालको उद्योग वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तिहरु भने बजेटको प्रस्तुतीकरण अवलोकन गर्न ठूलो सङ्ख्यामा संसद् भवनमा आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर