newskoseli.Com

संविधानसभाका ११०६ सभासदहरुले पाए ‘संविधानसभा पदक’

नेपालको इतिहासमा हालसम्म जम्मा दुई पटक भएका पहिलो र दोस्रो संविधानसभामा निर्वाचित सदस्य (सभासद) हरुलाई सरकारले ‘संविधानसभा पदक’ बाट विभूषित गरेको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीबार आयोजित समारोहमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रका तर्फबाट पदकसहित सम्मान प्रदान गरेकी हुन् । पहिलो र दोस्रो संविधानसभामा निर्वाचित भई संविधान निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै १ हजार १ सय ६ जना सभासदलाई विभूषित गरिएको छ । सभासदहरुलाई पदक वितरणका निम्ति बिहान एक चरणको कार्यक्रम सकिएर दिउँसो दोस्रो चरणको कार्यक्रम सञ्चालन गरियो ।

नेपाल सरकार मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधानको भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पुर्‍याएवापत सभासदहरुलाई सम्मान गरिएको हो । पदक पाउनेको सूचीमा राष्ट्रपति विद्यादेवी भण्डारी स्वयं समेत पहिलो नम्बरमा रहेकी छन् । उनले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदक प्रदान गरेर कार्यक्रम शुभारम्भ गरिन् ।

पदक लिन सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र झलनाथ खनाल पनि शीतलनिवास पुगे । पदक लिन शीतलनिवासमा संविधानसभाका सभासदहरुको व्यापक सहभागिता रह्यो । नेपालको इतिहासमा पहिलो पटक वि.सं. २०६४ चैत २८ मा र दोस्रो पटक २०७० मङ्सिर ४ मा संविधानसभाको निर्वाचन भएकाे थियाे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर