
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरी सो पार्टीका पोलिटब्युरो सदस्य एवं पूर्वराज्यमन्त्री तथा पूर्वसभासद पदम राई सत्ताधारी नेकपामा प्रवेश गरेपछि विप्लव नेकपाले भने उनीमाथि कारबाही गरिएको घोषणा गरेको छ ।
आइतबार बिहान सत्ताधारी नेकपामा प्रवेश गरेका राईबारे लगभग सोही समयमै सार्वजनिक भएको विप्लव नेकपाका प्रवक्ता प्रकाण्डको विज्ञप्तिमा राई पार्टीविरुद्धका गतिविधिमा संलग्न रहेको तथा दलाल पुँजीपति सरकारको मतियार बनेर सहयोग गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको उल्लेख छ ।
‘क्रान्तिको कठिन तर महान् प्रक्रियामा टिक्न नसकेका कयौं कचराहरु पलायन हुनु क्रान्तिको अनिवार्य नियम हो र हाम्रो पार्टीको सन्दर्भमा पनि त्यो त्यत्तिकै सत्य हो,’ विज्ञप्तिमा प्रकाण्डले लेखेका छन्– ‘पार्टीबाट पलायन भएर, कारबाहीमा परेर सामाजिक दलाल पुँजीपति सरकारको मतियार बनेका तत्त्वहरुको भ्रममा नपर्न तथा सचेत रहन सम्पूर्ण पार्टीपंक्ति र जनसमुदायमा अपिल गरिन्छ ।’
यो पनि पढ्नुहोस्–
विप्लवका पोलिटब्युरो पूर्वराज्यमन्त्री छिरे सत्ताधारी पार्टीमा : ‘मूल प्रवाहमा आउन’ विप्लवलाई प्रचण्डको आग्रह
यस्तो छ प्रकाण्डको विज्ञप्तिको पूर्णपाठ–