newskoseli.Com

क्रिश्चियन धर्म प्रचारकसँग त्रिविले फेरि गर्‍यो सम्झौता

दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित त्रिभुवन विश्वविद्यालयले फेरि सम्झौता गरेको छ ।

उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि त्रिविले यसअघिको सम्झौता तोडेको थियो । गत बुधबार उक्त विश्वविद्यालयले काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ ‘विद्यावारिधि’ प्रदान गरेको थियो । यसलगत्तै त्रिविका उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

‘त्रिविका उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने– ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो, जसमा अध्ययन–अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन् ।’

विवादास्पद संस्थासँग त्रिविले गरेको समझदारीसम्बन्धी यो खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर