newskoseli.Com

प्रधानमन्त्री शनिबार ९ दिने युरोप भ्रमणमा निस्कँदै : बेलायत–नेपाल भ्रमणको यस्तो छ विगत

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रसंघीय श्रमसम्बन्धी सम्मेलनमा सहभागी हुन शनिबार स्विट्जरल्यान्ड प्रस्थान गर्दैछन् । यस क्रममा प्रधानमन्त्रीले बेलायत, फ्रान्ससहितको ९ दिन लामो युरोप भ्रमण गर्ने भएका छन् ।

नेपालले पहिलो पटक कूटनीतिक सम्बन्ध स्थापना गरेको राष्ट्र बेलायतमा प्रधानमन्त्रीको तहबाट १७ वर्षपछि यो भ्रमण हुँदैछ । यसअघि सन् २००२ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतको भ्रमण गरेका थिए । बेलायतमा प्रधानमन्त्रीले अक्सफोर्ड विश्वविद्यालयमा प्रवचन दिने कार्यक्रम छ । प्रधानमन्त्री टेरेजा मेले राजीनामाको घोषणा गरेको तरल राजनीतिक परिवेशमा नेपालका प्रधानमन्त्रीको त्यहाँ भ्रमण हुन लागेको छ ।

फ्रान्स समेतको भ्रमण गरेर प्रधानमन्त्री ओली असार १ मा स्वदेश फर्कने छन् । आइतबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्रीको भ्रमणसम्बन्धी औपचारिक जानकारी दिइएको हो । प्रधानमन्त्रीको भ्रमणले बृहत् उपलब्धि हासिल हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दावी गरे ।

नेपाल–बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको २०३ वर्षे इतिहासमा बेलायती प्रधानमन्त्रीले भने एक पटक पनि नेपालको भ्रमण गरेका छैनन् । बरु बेलायती महारानी एलिजावेथ द्वितीयाले सन् १९६० र १९८६ मा गरी २ पटक नेपालको भ्रमण गरेकी छन् । उनका छोरा युवराज चार्ल्सले पनि सन् १९९८ मा र तत्कालीन बुहारी युवराज्ञी डयानाले सन् १९९३ मा नेपालको भ्रमण गरेकी थिइन् । वैशाख १२ र २९, २०७२ काे भूकम्पपछि डायनाका कान्छा छोरा ह्यारीले पनि नेपालकाे भ्रमण गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर