newskoseli.Com

विप्लवका प्रवक्ताले भने : ‘चौकी हानेका छैनौं, हान्ने नीति र योजना पनि छैन’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आइतबार राति सोलुखुम्बुस्थित प्रहरी चौकी कब्जाको प्रयास गरेको खबर सोमबार दिनभरजसो सञ्चार माध्यमहरुमा छाइरह्यो । तर, अपराह्न सो पार्टीका प्रवक्ता प्रकाण्डले विज्ञप्ति नै जारी गरेर त्यसको खण्डन गरेका छन् ।

सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै नीति, निर्णय र योजना नभएको स्पष्ट पार्दै प्रवक्ता प्रकाण्डले सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकीमा आक्रमण प्रयास भएको भन्ने हल्ला नियोजित र षड्यन्त्रपूर्ण प्रचारबाजी मात्र भएको बताएका छन् । ‘सामाजिक दलाल सरकारले आफ्नो पार्टीमाथि दमन गर्ने उद्देश्यले सोलुखुम्बुमा आफ्नो पार्टीद्वारा प्रहरी चौकी आक्रमण गरेको भनी प्रचारबाजी गरेको र उक्त षड्यन्त्रपूर्ण प्रचारबाजीप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको’ उनले बताएका छन् ।

यो पनि पढ्नुहोस्–
विप्लव नेकपाद्वारा चौकी आक्रमणको प्रयास ! इन्स्पेक्टरको कमान्डमा थप प्रहरी परिचालन

यस्तो छ प्रवक्ता प्रकाण्डद्वारा प्रेषित विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर