newskoseli.Com

‘सभामुखज्यू, संविधान संशोधनका लागि निर्देशन दिनोस्’ : संसदमा राजपाको विरोध

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन (रुलिङ) का लागि माग गरेको छ ।

सभामुखले प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो । सभामुखबाट समय पाएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भन्ने माग राखे । संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १ सय २५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहने तर त्यसतर्फ पहल नहुने अवस्था देख्दा तराई–मधेशका जनता अचम्ममा परेको उनले बताए ।

‘संविधान संशोधनको विषय बारम्बार उठिरहेको छ, प्रधानमन्त्रीबाट पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुने प्रतिबद्धता हँुदै आएको छ, मधेशी समुदायका १ सय २५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्य नदेखिनु अचम्मको विषय बनेको छ, यत्तिका दिनसम्म किन संविधान संशोधन हुन सकेन ?’ उनले सोधे ।

‘संविधान बनाउनेबाट नै संविधान उल्लङ्घन भइरहेको छ, लोकसेवा आयोगले संविधान र कानुनको उल्लङ्घन गरेर स्थानीय तहका लागि ठूलो सङ्ख्यामा पदपूर्तिको विज्ञापन गरेको छ, त्यसलाई सच्याइनुपर्छ, बजेटको प्रकृति हेर्दा पनि सङ्घीयताविपरीत ढङ्गबाट आएको छ’– उनले भनेकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर