newskoseli.Com

सल्टिएन नेकपाको विवाद : टुंगिएन कार्यविभाजन, ओली फर्केपछि मात्रै अर्को बैठक

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र केन्द्रीय नेताहरुको कार्यविभाजनका सम्बन्धमा देखापरेको विवादले अझै निकास पाउन सकेन । सोमबारदेखि लगातार बस्दै आएको र बिहीबार पनि बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक सहमति जुट्न नसकेकै कारण स्थगन भएको छ ।

बैठकमा सहभागी हुन सचिवालयका सबै नेता बालुवाटारस्थित प्रधानमन्त्री निवासमा निर्धारित समयमै पुगेका थिए । तर, प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गृहकार्य नपुगेकाले बैठक स्थगन गरिएको जानकारी दिएपछि नेताहरु त्यत्तिकै फर्किएको जानकारी सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

बालुवाटार पुगेका नेताहरु एक छिन बसेर बैठकविनै फर्किए । ‘दुवै अध्यक्षले केन्द्रीय सदस्यको कार्यविभाजन तथा जिल्ला कमिटीका इन्चार्ज–सहइन्चार्ज तोक्नेबारे अझै गृहकार्य पुगेन भन्नुभयो,’ प्रवक्ता श्रेष्ठले भने– ‘त्यसैले सचिवालयका सबै सदस्य जम्मा भए पनि एक छिन बसेर बैठक स्थगन गरियो ।’

अबको बैठक प्रधानमन्त्रीको युरोप भ्रमणपछि

प्रवक्ता श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली युरोप भ्रमण सकेर फर्किएपछि मात्र सचिवालयको अर्को बैठक बस्नेछ । प्रधानमन्त्री ओली युरोपको साताव्यापी भ्रमणका निम्ति शनिबार त्यता प्रस्थान गर्ने भएका छन् ।

जिल्ला इन्चार्ज–सहइन्चार्ज तोक्ने र बाँकी अरु नेताहरुलाई जिम्मेवारी बाँडफाँट गर्ने सवालमा अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच तीव्र मतान्तर रहँदै आएको छ । अर्का अध्यक्ष प्रचण्डले भने मध्यमार्गी उपायद्वारा विवाद सल्टाउने जमर्को गर्दै आएको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर