newskoseli.Com

वैद्य माओवादीका केन्द्रीय नेतासहित १७ कार्यकर्ता पक्राउ

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्यसहित साे पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का १७ नेतालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुरस्थित त्रिवि सेवा आयोगको गेटबाट सो पार्टीका केन्द्रीय सदस्य सूर्य श्रेष्ठसहित १७ कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।

सो पार्टी निकट विद्यार्थी अखिल (क्रान्तिकारी) का अध्यक्ष हरिकृष्ण गजुरेल, महासचिव पेशल दाहाल, सचिवद्वय महेश श्रेष्ठ र सूर्य कार्की, केन्द्रीय सदस्यहरु जितेन्द्र लम्साल, शोभा सुञ्चुरी, सागर शाही, नरबहादुर कुमाललगायत पक्राउ परेका हुन् ।

त्रिवि सेवा आयोग परिसरमा ५ दिनदेखि धर्ना दिइरहेका उनीहरुलाई प्रहरीले एक्कासि नियन्त्रणमा लिएको जानकारी सो संगठनका काठमाडौं अध्यक्ष संघर्ष दाहालले दिएका छन् । प्रहरीले सबैलाई कालिमाटीस्थित महानगरीय प्रहरी र्वत्तमा राखिएको दाहालले बताएका छन् ।

नेता–कार्यकर्ता पक्राउ गर्ने क्रममा प्रहरीले बल प्रयोग गरेको र त्यस क्रममा केही कार्यकर्ता घाइते भएको उनले बताएका छन् ।

थप यो पनि पढ्नुहोस्–
माओवादी विद्यार्थीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर