newskoseli.Com

माओवादी विद्यार्थीद्वारा त्रिवि सेवा आयोगमा तालाबन्दी

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोग (त्रिवि सेवा आयोग) को कार्यालयमा सोमबारदेखि तालाबन्दी गरेको छ ।

आयोगले लिएको परीक्षाको नतिजा खारेजीको माग गर्दै तालाबन्दी गरिएको जानकारी क्रान्तिकारीका केन्द्रीय सदस्य सङ्घर्ष दाहालले दिएका छन् । ‘परीक्षामा अनियमितता गरी त्रिवि पदाधिकारीले आफन्तको नाम निकालेका छन्,’ दाहालले भने– ‘अनियमितता गरी प्रकाशन गरिएको नतिजा स्थगन गर्न हामीले पहिलेदेखि नै माग गरेका थियौं तर परीक्षा स्थगन नगरी अन्तर्वार्ता लिइरहेकाले तालाबन्दी गरेका हौं ।’

परीक्षा खारेजीको माग गर्दै जेठ ३० मा आयोगका अध्यक्षको कार्यकक्षमा समेत तालाबन्दी गरेका क्रान्तिकारी विद्यार्थीहरू जेठ ६ देखि आयोग अगाडि रिले अनसन बसिरहेको खबर राससले प्रेषित गरेको छ ।

थप यो पनि पढ्नुहोस्–
वैद्य माओवादीका केन्द्रीय नेतासहित १७ कार्यकर्ता पक्राउ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर