newskoseli.Com

विवादास्पद गुठी विधेयक अन्ततः फिर्ता लियो सरकारले

केही दिनदेखि चर्को विवाद र बहसको विषय बनेको बहुचर्चित ‘गुठी विधेयक’ अन्ततः सरकारले फिर्ता लिएको छ । मंगलबार पत्रकार सम्मेलन नै गरेर भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिइएको घोषणा गरेकी हुन् ।

वैशाख १५ मा राष्ट्रियसभामा दर्ता भएको यो विधेयकले गुठी मास्ने प्रयत्न गरेको भन्दै चौतर्फी विरोध भएपछि विधेयक फिर्ता लिन सरकार बाध्य भएको हो । सो विधेयकलाई लिएर भ्रम सिर्जना गर्ने र वातावरण बिथोल्ने कोसिस भएको भन्दै सरोकारवालासँग थप छलफल आवश्यक देखिएकाले विधेयक फिर्ता लिएको जानकारी मन्त्री अर्यालले दिएकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर