newskoseli.Com

पत्रकार सम्मेलन गर्दै के भने प्रधानमन्त्री ओलीले ?

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपराह्न सिंहदरबारमा पत्रकार सम्मेलन गरी प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदमा असंसदीय र अमर्यांदित व्यवहार देखाएको आरोप लगाएका छन् ।

आफूले संसदमा सम्बोधन गर्न खोज्दा अवरोध गर्नु आश्चर्यलाग्दो भएको प्रधानमन्त्री ओलीले बताए । कांग्रेसले प्रधानमन्त्रीलाई बोल्न नदिने भन्ने कुरा र प्रधानमन्त्रीले भन्दा पहिले आफूले बोल्नुपर्छ भनी देखाएको बालहठले आफू आश्चर्यचकित भएको उनले बताए ।

‘आज लोकतन्त्र, गणतन्त्र, संघीयताविरुद्ध, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी स्पष्ट ढंगले देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने– ‘घोर दक्षिणदेखि घोर वामपन्थी समेत एकजुट भएका छन्, यसप्रति सहज हुनुपर्ने कांग्रेस आफैं परिर्वतनकारी शक्तिहरुलाई बिथोल्न लागेको छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर