newskoseli.Com

१८३ जना ‘बागी’ माथि कारबाही गर्‍यो कांग्रेसले

२०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धका गतिविधिमा संलग्न विभिन्न जिल्लाका १ सय ८३ जनालाई नेपाली कांग्रेसले कारबाही गरेको छ ।

पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध ‘बागी’ उम्मेदवार बनेका र निजका प्रस्तावक एवम समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले विधानतः कारबाही गरेको हो । बैठकले उक्त निर्णयबमोजिम त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन दिएको जानकारी समितिका संयोजक भीष्मराज आङ्देम्बेले दिएका छन् ।

त्यस्ता गतिविधिमा संलग्न भएकाको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल पठाउन समेत समितिले निर्देशन दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर