newskoseli.Com

फिर्ता भैसकेको गुठी विधेयकविरुद्ध माइतीघरमा मानवसागर

सरकारले संसदमा पुर्‍याएर फिर्ता लिइसकेको गुठी विधेयकविरुद्ध राजधानीको माइतीघर क्षेत्रमा मानवसागर उलिएएको छ ।

गुठी विधेयकको विरोधमा बुधबार कार्यालय समय सुरु भएसँगै राजधानीका बानेश्वर, वसन्तपुर, कुपन्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिए । जुलुस सबैतिरबाट माइतीघर मण्डला वरिपरि केन्द्रित भएको छ ।

जुलुसका सहभागीहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरेका छन् । गुठी विधेयकको नाममा तल–माथि गरिए आफूहरुलाई मान्य नहुने चेतावनी उनीहरुले दिइरहेका छन् ।

सरकारले मंगलबार नै विधेयक फिर्ता लिइएको घोषण गरिसकेको छ । प्रदर्शनकारीहरुले भने सरकारलाई खबरदारी गर्न ‘खबरदारी सभा’ आयोजना गरिएको बताएका छन् । नेवार संस्कृति मास्न सरकार लागिपरेको आरोप प्रदर्शनकारीले लगाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर