newskoseli.Com

देउवाले संसदबाटै दिए ‘चेतावनी’ : ‘विवादास्पद विधेयकहरू फिर्ता लेऊ नत्र कडा प्रतिरोध’

सरकारले अघि सारेका सबै ‘विवादास्पद’ विधेयक तत्काल फिर्ता नलिइए सशक्त आन्दोलन गरी कडा प्रतिरोध गर्ने ‘चेतावनी’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिएका छन् । सत्तापक्षले जबर्जस्ती गरे कुनै हालतमा पनि ती विधेयकहरू पारित गर्न नदिने चेतावनी दिँदै सरकारले प्रजातन्त्र मास्न लागेको आरोप सभापति देउवाले लगाएका छन् ।

संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बुधबार बैठकमा विशेष समय लिएर बोल्दै गुठी विधेयक, मिडिया काउन्सिल विधेयक, सुरक्षा परिषद विधेयक, मानवअधिकार विधेयकलगायतका सम्पूर्ण विवादास्पद विधेयकहरूले लोकतन्त्रलाई बलियो नबनाउने विचार सभापति देउवाले व्यक्त गरे ।

‘प्रजातन्त्रमा बोल्न र लेख्न पाउने कुरा महत्त्वपूर्ण हो तर सरकारले त्यसैमाथि नियन्त्रण गर्न खोजेर प्रजातन्त्रमाथि नै आक्रमण गर्न खोजेको छ, यो कुनै हालतमा पास हुन दिदैनौं,’ चेतावनी दिँदै देउवाले भने– ‘सूचनाको हक कुष्ठित गरिएको छ, संविधानमै सूचनाको हकको व्यवस्था गरिएको छ र मानवअधिकार आयोगमाथि नियन्त्रण गर्नु पनि प्रजातन्त्रमाथिको अर्को आक्रमण हो ।’

राष्ट्रिय सुरक्षा परिपदसम्बन्धी विधेयकको विरोध गर्दै देउवाले भने– ‘प्रधानमन्त्रीको एकल सिफरिसमा सेना परिचालन गर्ने ? यो अविश्वास किन ? सेना परिचालन गर्ने स्थिति आयो भने सबैले सहयोग गर्छन्, सेना परिचालन गर्ने विषय व्यक्तिले आफूखुशी गर्ने कुरै होइन ।’ रक्षा मन्त्रालय, गृह मन्त्रालय र सेनापतिमाथि नै अविश्वास गरेर प्रधानमन्त्रीमा शक्ति निहित गर्न खोजेको आरोप लगाउँदै उनले प्रश्न गरे– ‘किन चाहियो प्रधानमन्त्रीलाई सेना ? के गर्नुपर्‍याछ ? एउटा विप्लवलाई केही गर्न सक्या’छैन, कसले के गर्छ यहाँ ?’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर