newskoseli.Com

आफैंले गरे आफ्नो बढुवा ! त्रिवि रजिस्ट्रारको मनपरी…

कर्मचारीले आफ्नो बढुवा आफैं गर्न सक्छन् र ? धेरैको उत्तर हुन्छ– सक्दैनन् । तर, त्रिभुवन विश्वविद्यालयमा कर्मचारी आफैंले आफ्नो बढुवा गर्न सक्छन् ।

पदमा बस्यो, आफूअनुकुल नियम बनायो अनि बढुवा भइहाल्यो । लामो समयदेखि यस्तै बेथितिको मारमा गुज्रिरहेको छ त्रिभुवन विश्वविद्यालय । त्रिविका तीन रजिस्ट्रार आफू पदमै रहेकै बेला सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका छन् ।

सहप्रध्यापकबाट प्राध्यापकमा बढुवा भएका रजिस्ट्रार डिल्ली उप्रेती पछिल्ला व्यक्ति हुन् । यसअघि चन्द्रमणि पौडेल र गीताभक्त जोशी पनि आफूअनुकूल नियम परिवर्तन गरेर बढुवा भएको खबर सूर्यप्रसाद पाण्डेको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर