newskoseli.Com

मंगलबार (असार १० मा) विप्लवकाे नेपाल बन्द : इन्चार्ज हत्याविरुद्ध आन्दोलन (भिडियोसहित)

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरीद्वारा बिहीबार भएको सो पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याविरुद्ध चारदिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

नेकपाका महासचिव विप्लवले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनका चारदिने कार्यक्रम घोषणा गरेका हुन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले मुठभेडका नाममा देशव्यापी रुपमै आफ्ना निःशस्त्र कार्यकर्तामाथि हत्याश्रृंखला अघि बढाएको भन्दै त्यसको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरिएको महासचिव विप्लवले उल्लेख गरेका छन् ।

आन्दोलनका घोषित कार्यक्रमअन्तर्गत चैत ७ मा प्रचारप्रसार, चैत ८ मा कोणसभा तथा घरदैलो, चैत ९ मा मसाल जुलुस र चैत १० मा नेपाल बन्दको कार्यक्रम रहेका छन् । पौडेल हतयकाण्डको निष्पक्ष छानविन गर्न समेत महासचिव विप्लवले सम्बन्धितहरुसँग माग गरेका छन् ।

यस्तो छ महासचिव विप्लवको विज्ञप्ति–

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् भिडियोमा–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर