newskoseli.Com

गल्छीमा बलेरो दुर्घटना : ५ को मृत्यु, १२ घाइते (मृतक र घाइतेको नामावलीसहित)

यो साता देशका विभिन्न भागमा लगातारजसो सवारी दुर्घटना हुने र कयौंको दुःखद निधन तथा कयौंको अंगभंग हुने क्रम शुक्रबार पनि जारी नै छ । शुक्रबार दिउँसो राजधानी नजिकै धादिङस्थित गल्छी गाउँपालिकामा बलेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका– ६, बाजगाउँस्थित भित्री गाउँमा चल्ने कच्ची सडकबाट बैरेनीतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको बलेरो जिप दुर्घटना हुँदा ५ जनाको निधन भएको हो । ४ जनाको घटनास्थलमै निधन भएको छ भने १ जनाको उपचारका निम्ति लैजाँदै गर्दा बाटमै मृत्यु भएको हो ।

गल्छी गाउँपालिका– ४ का ३८ वर्षीय राजु रम्तेल, सोही ठाउँका ३२ वर्षीय सेतु मिजार, गल्छी– ६ की ३० वर्षीया कान्छी भुजेल र सोही ठाउँकी २५ वर्षीय नानु तामाङको घटनास्थलमै मृत्यु भएको हो । गल्छी गाउँपालिका– ४ की २१ वर्षिया सविता अधिकारीको उपचारका निम्ति काठमाडौं लैजाँदै गर्दा बाटामै मृत्यु भएको छ ।

दुर्घटनामा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । ११ जना घाइतेहरुलाई स्थानीहरुले उद्धार गरी उपचारका निम्ति स्थानीय अस्पतालमा पठाएका थिए । दुर्घटनाको खबर प्राप्त हुनासाथ बैरेनीस्थित प्रहरी चौकीबाट प्रनानिको कमान्डमा ६ सदस्यीय टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई थप उपचारका निम्ति राजधानीस्थित ट्रमा सेन्टर पठाइएको छ ।

गल्छी गापा– ४ का वर्ष ६२ का विष्णु अधिकारी, वर्ष ३५ की सुनिता मिजार, वर्ष २३ की सुजिता अधिकारी, वर्ष १५ का सन्तोष रम्तेल, वर्ष ७० का कृष्ण सार्की, वर्ष २८ की रेनु भण्डारी, वर्ष ३५ का रामकृष्ण प्याकुरेल र नामथर एवं ठेगाना नखुलेको ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरु सबैलाई उपचारार्थ ट्रमा सेन्टर रिफर गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर