newskoseli.Com

साता लामो बैठकमा वैद्य माओवादी, संघर्ष र संगठनबारे महत्त्वपूर्ण निर्णय लिँदै

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) को झन्डै हप्ता लामो केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ । पार्टीको संगठन र संघर्ष सम्बन्धी महत्त्वपूर्ण निर्णय लिन वैद्यय माओवादीको केन्द्रीय समितिको बैठक असार १२ देखि ललितपुरको चाङ्गाथलीमा जारी छ ।

बैठकमा महासचिव मोहन वैद्य ‘किरण’ द्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । शुक्रबारसम्ममा बैठकमा स्थायी समितिका सदस्य र पोलिटब्युरो सदस्यलगायतले प्रतिवेदनमाथि धारणा प्रस्तुत गर्दै आ–आफ्ना कार्यक्षेत्रको रिपोर्टिङ गरेको एक केन्द्रीय सदस्यले बताएका छन् ।

महासचिव किरणले प्रतिवेदनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको विश्लेषण गर्दै पार्टी कामको मूल्याङ्कन र समस्याहरुको चर्चा गरेको ती नेताले बताए । सो प्रतिवेदनमा महासचिव किरणद्वारा प्रस्तुत संघर्ष तथा जनपरिचालनबारे ठोस प्रस्ताव गरेको र त्यसमा घनिभूत छलफल चलिरहेको जानकारी उनले दिए ।

क्रान्तिकारी माओवादीको यो बैठक अझै ३–४ दिनसम्म चल्ने बताइएको छ । नयाँ जनवादी क्रान्तिको तयारीमा लागिरहेको बताउँदै आएको वैद्य माओवादीले यस बैठकलाई महत्त्वका साथ हेरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर