newskoseli.Com

‘विप्लवलाई मूलधारमा ल्याऊँ’ : कांग्रेस उपसभापति

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउन सरकारसँग आग्रह गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नु आवश्यक रहेको विचार उनले राखे । अहिले राजनीतिक रुपमा खुला वातावरण बनेको भन्दै हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्नु नहुने धारणा उनले राखे ।

कांग्रेसभित्र गुटबन्दी नरहेको दावी समेत उपसभापति निधिले गरे । महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरिसकेको उनको भनाइ छ । ‘कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन’– उनले भने ।

सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति नै आशा र भरोसा बढेको दावी समेत उनले गरे । गुट–उपगुटमा नलागी जनताको भरोसामा केन्द्रित हुँदै काम गर्ने समय आएको उपसभापति निधिले बताए । असार २२ को केन्द्रीय समितिको बैठकपछि नेविसङ्घको तदर्थ समिति टुङ्गो लाग्ने उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर