newskoseli.Com

‘छौंडाहरु चल्मलाए’ : प्रधानमन्त्रीका मुख्य सल्लाहकारको कटाक्ष !

प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार एवं सत्ताधारी नेकपाका नेता विष्णु रिमालले लाक्षणिक रुपमा तर सभ्य समाज र मर्यांदित राजनीतिका सन्दर्भमा अपाच्य हुने शब्दावलीद्वारा सरकारका आलोचकहरुप्रति कटाक्ष गरेका छन् ।

उनले ठ्याक्कै कोप्रति लक्ष्य गरेका हुन् भन्ने कुरा त स्पष्ट छैन तर आइतबार बिहान ६ः४० मा सामाजिक सञ्जाल ‘ट्विटर’ मा काब्यात्मक शैलीमा लेखेका छन्–

‘भनिन्छ, छौंडाहरु
आफैं चलमलाउँदैनन्
कसैले छोड्छन्,
दुःख दिन्छन् !
यी छौंडाहरु
आफैं चलमलाएका हुन् कि
कसैले छोडेका ?’

सरकारका धेरैजसो निर्णय र मुख्यतः स्वयं प्रधानमन्त्री ओलीकै कार्यशैलीको चौतर्फी आलोचना भैरहेको छ । सत्ताधारी पार्टीभित्रै पनि कतिपय निर्णयका विषयमा तीव्र असन्तुष्टि र विवाद छन् । सरकारका निम्ति यतिबेला प्रतिपक्षीको भन्दा पनि पार्टीभित्रैको दबाब तीव्र र पेचिलो छ । सरकारले अघि सारेका अधिकांश विधेयकहरु बिफल हुने स्थितिमा छन् । खासगरी सरकारले आमसञ्चार क्षेत्रलाई ‘तारो’ नै बनाउँदै गैरहेको देखिँदैछ । सरकारले गरेका कयौं निर्णयहरु एकपछि अर्को गर्दै फिर्ता लिनुपर्ने बाध्यता आइलागेको छ ।

ठीक यही सन्दर्भमा आएको सल्लाहकार रिमालको यो ‘ट्विट’ माथि दर्जनौंले नकारात्मक टिप्पणी (कमेन्ट) गरेका छन् । आइतबार बिहानैदेखि सबैखाले सामाजिक सञ्जाल र कतिपय सञ्चार माध्यमहरुबाट समेत रिमालको यस अभिव्यक्तिविरुद्ध तीखा टिप्पणी वर्षिइरहेका छन् । धेरैजसोले मूलतः सरकारको ‘कार्यशैली’ र ‘अक्षमता’ सँग जोडेर सल्लाहकार रिमालको ‘ट्विट’ प्रति टिप्पणी गरिरहेका छन् ।

हेर्नोस् रिमालको ‘ट्विट’, जस्ताको तस्तै–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर