newskoseli.Com

रिपब्लिक मिडिया र महानगरपालिका डुबानमा : बिहानैदेखि किन काटियो बिजुली ? (फोटो फिचर)

अस्तव्यस्त राजधानीको वर्षे भेलका कारण राजधानीको जेडीए कम्प्लेक्सस्थित नागरिक दैनिक, रिपब्लिका, शुक्रबार, नागरिक नेटवर्क, रेडियो नागरिकलगायतका सञ्चार माध्यमको प्रकाशन–प्रशारण संस्था ‘रिपब्लिक मिडिया’ आइतबार बिहानैदेखि डुबानमा परेको छ ।

डुबानका कारण सोही कम्प्लेक्सको पाँचौं तलामा रहेको काठमाडौं महानगरपालिकाको कार्यालय समेत बन्द हुन पुगेको छ । भुइँ तला र पार्किङ क्षेत्रमा झन्डै–झन्डै मान्छेको कद नै डुब्ने गरी आहाल जमेपछि विद्युत् सर्ट हुने डरले जेडीए कम्प्लेक्सको मुख्य लाइनबाटै विद्युत् काटिएकाे छ । बिजुली बन्द भएपछि रिपब्लिक मिडिया र महानगरपालिकालगायत सो कम्प्लेक्समा रहेका दर्जनौं कार्यालय र पसलहरुको सेवा र कारोबार ठप्प भएको छ ।

पत्रिकाको काम गर्न भन्दै कार्यालय समय सुरु हुनासाथ अफिसको गेटसम्म पुगेका रिपब्लिक मिडियाका एक सञ्चारकर्मी परिसरभित्रै पस्न नपाएपछि रन्थनिँदै फर्किएका छन् । ‘एकाबिहानै मुड खराब भयो, अफिस गएको त पूरै डुबानमा पो रहेछ,’ न्युजकोसेलीसँग ती सञ्चारकर्मीले भने– ‘राजधानीको मुटुमै र स्वयं महानगरपालिका तथा मूलधारको मिडिया रहेको भनवमा त यस्तो छ भने देशका अन्य भागको हालत के होला ?’ तस्बिरहरूः चिरीबाबु महर्जन/विष्णु आले

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर