newskoseli.Com

इन्जिनियरिङ पढ्न प्रवेश परीक्षाबिनै विदेश : यसरी पाए धोका !

विदेश गई इन्जिनियरिङ पढ्न चाहने विद्यार्थीलाई प्रवेश परीक्षा नै नलिई पठाउँदा जानेले बारम्बार धोका पाएका छन् । विदेशी कलेजले योग्यताका आधारमा मात्र भर्ना लिने तर कुरै नबुझी विदेश जाने विद्यार्थीसँग आधारभूत योग्यता समेत नहुने भएका कारण उनीहरुको भविष्य संकटमा पर्ने गरेको छ ।

वार्षिक करिव ६ हजार नेपाली विद्यार्थी हचुवाका भरमा विदेश लगिन्छन्, उनीहरुमध्ये थोरैले मात्र इन्जिनियरिङ अध्ययनको अवसर पाउँछन् । विषेश गरी भारतमा सञ्चालित विश्वविद्यालयले यस्ता विद्यार्थी लैजाने गरेका छन् । एमबीबीएस अध्ययन गर्न विदेश जानेका लागि नेपाल मेडिकल काउन्सिलले परीक्षा लिने गरेको छ । मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण भएका मात्रै विदेशमा एमबीबीएस पढ्न जाने व्यवस्था छ । तर, नेपाल इन्जिनियरिङ काउन्सिल भने मूकदर्शक मात्र बनेको सरोकारवालाको आरोप छ ।

कुनै मापदण्ड र परीक्षाबिना नै इन्जिनियरिङ विषयमा अध्ययन गराउन विदेश लगेको विषयमा कुरा गर्दै नेपाल इन्जिनियरिङ काउन्सिलका अध्यक्ष डिल्ली निरौलाले इन्जिनियरिङ शिक्षासम्बन्धी विधेयक संसदमा पुगेको र ऐन आएपछि नियम बनाएर परीक्षा लिनैपर्ने व्यवस्था गर्ने बताए । अध्यक्ष निरौलाले भने– ‘हचुवाका भरमा इन्जिनियरिङ अध्ययन गर्ने भन्दै विदेश जाँदा समस्या देखिएको छ ।’

वैदेशिक शिक्षा क्षेत्रका विकृति र त्यसले पैदा गरेका समस्यासम्बन्धी यो खबर ईश्वरराज ढकालको बाइलाइनमा मंगलबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर