newskoseli.Com

प्रहरीसँग सशस्त्र ‘प्रतिरोध’ गरेको विप्लवद्वारा स्वीकार : फेरि सशस्त्र द्वन्द्वको थालनी ! (विज्ञप्तिसहित)

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पहिलो पटक आफूहरुद्वारा प्रहरीको ‘प्रतिरोध’ गरिएको स्वीकार गरेको छ ।

सो पार्टीका सगरमाथा ब्युराे इन्जार्ज अधिकारद्वारा बुधबारको मितिमा प्रेषित तर न्युजकोसेलीले बिहीबार प्राप्त गरेको विज्ञप्तिमा आफ्ना कार्यकर्ताले ‘तिर्थराजका हत्यारा प्रहरी संजीव राईको प्रतिरोध गर्ने क्रममा पार्टीका होनहार कमरेड प्रशान्तको सहादत भएको’ उल्लेख गरिएको छ । यसरी विद्रोही पार्टीका एक जिम्मेवार नेताले विज्ञप्ति नै जारी गरेर आफूहरुबाट प्रहरीमाथि सशस्त्र ‘प्रतिरोध’ गरिएको घोषणा गरिएपछि मुलुक फेरि घोषित रुपबाटै सशस्त्र मुठभेडको अर्को अध्यायमा प्रवेश गरेको छ ।

बुधबार बिहान भोजपुरमा भएको भिडन्तमा सो पार्टीको ओखलढुंगा जिल्ला इन्चार्ज नीरकुमार राई ‘प्रशान्त’ र प्रहरी जवान संजीव राईको निधन भएको थियो । सो भिडन्तमा अर्का एक प्रहरी र विप्लव नेकपाका एक कर्यकर्ता घाइते भएका छन् ।

यस्तो छ विप्लव नेकपाको विज्ञप्तिको पूर्णपाठ–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर