newskoseli.Com

क्षमा माग्दै ओलीले भने– ‘खोज्दै छु, के गर्नुपर्ने हो, गर्छु’ : प्रधानमन्त्री ‘लज्जित’, मन्त्रीहरु पन्छिए !

विषादी प्रकरण्मा भारतीय दूतावासको पत्रबारे मन्त्रालयहरुबाट बेलैमा जानकारी नगराइँदा आफू जनतासामु ‘लज्जित हुनुपरेको’ प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । त्यसबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुपर्ने जिम्मेवार मन्त्रीहरु भने एक–अर्कालाई आरोपित गर्दै पन्छिन खोजेका छन् ।

बिहीबार राजधानीमा आयोजित ‘संविधान कार्यान्वयन र प्रशासनिक पुनर्संरचना’ विषयक अन्तर्क्रियामा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई गुमराहमा राख्नेमाथि कारबाही गर्ने जनाए । भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भारतीय दूतावासले लेखेको पत्रबारे आफूलाई जानकारी नगराउनेहरुको खोजी गरिने उनले बताए ।

‘दूतावासको पत्र आएको रहेछ, मलाई जानकारी दिइएन । पत्र आएर पनि मलाई झुटो बोल्न लगाइयो । भूलचूक वा नियतवश के हो– म बुझ्दै छु,’ प्रधानमन्त्रीले भने– ‘खोज्दै छु, त्यसपछि के गर्नुपर्ने हो– गर्छु ।’

आफूलाई जानकारी नगराइएकै कारण नेपाली जनतासामु दूतावासको पत्र नआएको सार्वजनिक अभिव्यक्ति आफूले दिएको दावी उनले गरे । ‘भारतबाट पत्र आएको रहेछ तर मैले आएको छैन भनेर सार्वजनिक रुपमै बोलें,’ उनले भने– विभिन्न ठाउँमा कूटनीतिक प्रयास भएको रहेछ तर मलाई थाहा नदिइएकाले आफू लज्जित हुनुप¥यो, त्यसपछि क्षमाप्रार्थी छु ।’

विषादी प्रकरण, प्रधानमन्त्रीको अभिव्यक्ति र मन्त्रीहरुको रवैया बारेको यो खबर शुक्रबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर