newskoseli.Com

त्रिभुवन विमानस्थलको धावनमार्गबाटै चिप्लियो जहाज !

राजधानीस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट शुक्रबार बिहानै यति एअरलाइन्सको विमान चिप्लिएको छ । नेपालगञ्जबाट काठमाडौं आएको यतिको एएमएम एटीआर ७२ विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएको विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले जानकारी दिएका छन् ।

विमानका सबै यात्रु सकुशल रहेको तिवारीले जनाएका छन् । अहिले विमानस्थल बन्द गरेर चिप्लिएको विमान हटाउने काम भैरहेको छ । विमानस्थलको रन–वेमा दमकल तथा एम्बुलेन्सहरू कुदिरहेको बाहिरैबाट देखिएको छ । जहाजमा भएको क्षतिबारे अनुगमन भैरहेको प्रवक्‍ता तिवारीले बताएका छ । अनुगमन सकिएलगत्तै विमानस्थल खुल्ने उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर