newskoseli.Com

अपडेटः बाढीपहिरोबाट ३३ को मृत्यु, १७ बेपत्ता, १२ घाइते

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । १७ जना बेपत्ता भएका छन् ।

प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाका अनुसार हालसम्म विभिन्न ठाउँबाट ८ सय ३१ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी १२ जना घाइते भएका छन् । बाढीपहिरोमा परी ललितपुरमा ६ तथा काठमाडौं, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा २–२ जनाको मृत्यु भएको छ ।

धादिङ र सिन्धुलीमा २–२ तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा १–१ जनाले ज्यान गुमाएको जानकारी थापाले दिए । महोत्तरीमा ५ सय, रौतहटमा २ सय, सिन्धुलीमा ७०, काठमाडौंमा ४२, उदयपुरमा १०, ललितपुरमा ३, सिरहामा २ तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा १–१ जनाको उद्धार गरिएको छ । मकवानपुरमा ४, काभ्रेमा २ तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन १–१ जना घाइते भएका छन् ।

सिन्धुलीमा ४, भोजपुरमा २ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा १–१ जना बेपत्ता भएको थापाले बताए ।

बाढी र पहिरोबाट प्रभावित ठाउँमा सुरक्षा निकाय परिचालन गरी उद्धार तथा बेपत्ताको खोजी कार्य तीव्र पारिएको छ । विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य जारी रहेको गृहमन्त्रालयले जनाएको छ । उद्धार र राहत वितरणलाई प्रभावकारी बनाइएको मन्त्रालयले जनाएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर