newskoseli.Com

कांग्रेसी लफडा : ‘अर्ली महाधिवेशन’ त भएन नै, ‘टाइम्ली’ समेत नहुने, एक वर्ष थपिँदै देउवाको कार्यकाल

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनाव लगत्तै ‘अर्ली महाधिवेशन’ को हंगामा मच्चिएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको त्यस्तो महाधिवेशन त सम्भव थिएन र भएन पनि । तर, वर्तमान सभापतिसहित केन्द्रीय समितिको कार्यकाल सकिँदा हुनुपर्ने ‘टाइम्ली महाधिवेशन’ समेत निर्धारित समयमा गर्न नसकिने निष्कर्षका साथ कांग्रेस सभापति शेरबहादुर देउवा आफ्नो कार्यकाल एक वर्ष लम्ब्याउने तयारीमा जुटेका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आगामी फागुन–चैतमै महाधिवेशन गर्न सकिने दाबी गर्दै नेतृत्व कामै नगरी कार्यकाल बढाउन लागेको आरोप लगाएको छ । महाधिवेशन, पार्टीका तल्ला तहका संरचना गठन, विभाग, केन्द्रीय कार्यसमिति र म्याद सकिएका भ्रातृसंस्थाको अधिवेशन तथा तदर्थ समिति गठनलगायतका विषयमा छलफल गर्न देउवाले आफू निकटका नेताहरूको बैठक बोलाएका थिए ।

‘देउवा कोटरी’ को सो बैठकले कार्यकाल एक वर्ष लम्ब्याउने र ०७७ फागुनभित्र महाधिवेशन गर्न तयारी थाल्ने निष्कर्ष निकालेको उक्त बैठकपछि एक केन्द्रीय सदस्यले जानकारी दिए । देउवाको चारवर्षे कार्यकाल आगामी फागुनमा सकिन लागेको सन्दर्भमा विधानमै भएको व्यवस्थाअनुसार एक वर्ष कार्यकाल थप्न लागिएको खबर आइतबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर