newskoseli.Com

कार्यकर्तालाई विप्लवको निर्देशन : ‘बाढी प्रभावितको राहत र उद्धारमा तत्काल जुट्नोस्’

सरकारद्वारा ‘प्रतिबन्धित’ नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बाढी प्रभावितहरुको राहत र उद्धारमा तत्काल जुट्न आफ्ना नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् ।

महासचिव विप्लवद्वारा शनिबारको मिति उल्लेखित तर न्युजकोसेलीलाई आइतबार प्राप्त विज्ञप्तिमा सम्बन्धित मृतकका परिवार र घरबास गुमेकाहरुलाई उचित बसोवास, रोजगारी र राहतको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका छन् ।

नेपाल–भारत सीमामा बनाइएका बाँध, तटबन्ध र अन्तर्राष्ट्रिय कानुनविपरीत नेपाल–भारत सीमाामा टाँसेर बनाइएका विशाल सडकहरुका कारण सीमाका नागरिकले क्षति व्यहोर्नु परेको भन्दै नेता विप्लवले त्यसको विरोध समेत गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर