newskoseli.Com

बाढीको वितण्डा : मृतकको संख्या ६०, २५ अझै बेपत्ता (मृतक, बेपत्ता, घाइते र उद्धार भएकाको विवरणसहित)

बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार साँझ जारी गरेको विज्ञप्तिअनुसार अझै २५ जना बेपत्ता छन् ।

ललितपुर, रौतहट र भोजपुरमा ५–५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४–४, काठमाडौं, खोटाङ र काभ्रेमा ३–३, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २–२ तथा इलाम, पाँचथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १–१ जनाको ज्यान गएको छ । यीमध्ये २४ महिला र ३६ पुरुषको मृत्यु भएको छ ।

डोल्पामा ६, सिन्धुलीमा ४, इलाम र मोरङमा ३–३ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहत, सिरहा, धनुषा, धादिङ र दाङमा १–१ जना अझै बेपत्ता छन् । यीमध्ये ११ महिला र १४ पुरुष बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

बाढीपहिरो र डुबानमा परेकामध्ये आइतबार साँझसम्म १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । काठमाडौंमा २ सय ८५, ललितपुरमा ६१, उदयपुरमा १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिरहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १–१ जनालाई सकुशल उद्धार गरिएको छ ।

बाढीपहिरो र डुबानमा परी ३८ जना घाइते भएका छन् । धनकुटामा ८, मकवानपुरमा ४, ललितपुर र सिरहामा ३–३, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २–२ तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवनमा १–१ जना घाइते भएको खबर सोमबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर