newskoseli.Com

ओली–प्रचण्डले टुंग्याए एकता : व्यक्तिसहित अन्तिम घोषणा सचिवालयले गर्ने

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकताका क्रममा बाँकी रहेका विषयमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमति जुटेको छ । पार्टीका ३२ विभाग र आयोगमध्ये १८ वटा पूर्वएमाले र १४ वटा पूर्वमाओवादीका नेताहरुले नेतृत्व गर्ने गरी दुई अध्यक्षबीच सहमति जुटेको हो ।

साउन ५ मा बस्ने सचिवालय बैठकले नै जिल्ला इन्चार्ज–सहइन्चार्ज, सम्पर्क मञ्चको नेतृत्वलगायतबारे समेत निर्णय गर्ने सहमति अध्यक्षद्वयले गरेका छन् । केन्द्रीय सल्लाहकार समिति, जेष्ठ कम्युनिस्ट मञ्च र तीन वटा आयोगको नेतृत्वबारे पनि सचिवालयकै सोही बैठकमा छलफल गरेर टुंग्याउने सहमति भएको छ । सचिवालयकाे सोही बैठकले ती विभाग र आयोगहरुमा रहने व्यक्तिको टुंगो लगाउँदै पार्टी एकतालाई पूर्णता दिइएको घोषण गर्ने सहमति अध्यक्षद्वयबीच भएको छ ।

यसअघि नै असार मसान्तभित्र पार्टी एकतालाई पूर्णता दिइन्छ भन्दै दुवै अध्यक्षले सार्वजनिक उदघोष गर्दै आएकोमा उनीहरू यसबारे केही दिनदेखि लगातार छलफलमा थिए । यसै सिलसिलामा मंगलबारको छलफल निष्कर्षमा पुगेको हो ।

पार्टीका विभागहरूमध्ये संगठन, स्कुल र प्रचार–प्रकाशन विभागको नेतृत्व कसले गर्ने भन्नेमा सबैभन्दा बढी तानातान छ । संगठन विभागको नेतृत्वमा रामबहादुर थापा ‘बादल’ र वामदेव गौतमको दाबी छ । त्यस्तै, स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरल र नारायणकाजी श्रेष्ठले दावी गरिरहेका छन् ।

दुई अध्यक्षबीचको छलफलले एकता प्रक्रियालाई टुंगो लगाएको बताउँदै ५ साउनको सचिवालय बैठकले विस्तृत खाका तयार पारेपछि छिट्टै बस्ने स्थायी कमिटीको बैठकले निर्णयहरूलाई अनुमोदन गर्ने जानकारी महासचिव विष्णु पौडेलले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर