newskoseli.Com

जनप्रतिनिधि र सरकारी गाडीमाथि विप्लव नेकपाको ‘प्रतिबन्ध’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मध्यपश्चिम नेपालमा सरकारी नम्बर प्लेटका गाडीहरुमाथि ‘प्रतिबन्ध’ लगाएको छ । सो पार्टीका मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगले बुधबार विज्ञप्ति जारी गर्दै साउन ७ देखि सेतो नम्बर प्लेटका सरकारी गाडीहरु चल्न नदिने घोषणा गरेका हुन् ।

सरकारले चर्को कर असुल्दै त्यसको दुरुपयोग गरेर जनतामाथि दमन अभियान चलाउने र जनपक्षीय अभियानलाई बन्द गर्ने तथा कथित जनप्रतिनिधिहरु नै ठेक्कापट्टामा सामेल भएर आफ्नै ट्रिपर, ट्रयाक्टर, स्काभेटर प्रयोग गरी राज्यकै सम्पत्तिको दोहन गरिरहेको आरोप नेता वीरजंगले सोही विज्ञप्तिमा लगाएका छन् ।

‘जनप्रतिनिधि’ हरु जनहत्या अभियानमा सुराकीको रुपमा परिचालन भएको पाइएको भन्दै त्यस्ता गतिविधिहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त निर्णयविरुद्ध काम गरेमा ‘जनकारबाही’ गरिने चेतावनी विज्ञप्तिमा दिइएको छ ।

यस्तो छ विप्लव नेकपाको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर