newskoseli.Com

५ श्रीलंकालीलाई देशनिकाला, अरु के–के निर्णय गर्‍यो सरकारले ?

नेपाल सरकारले ५ जना श्रीलंकाली नागरिकलाई देशनिकाला गर्ने निर्णय गरेको छ । बिहीबार मन्त्रालयमा नियमित पत्रकार सम्मेलन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले मन्त्रीपरिषदका पछिल्ला निर्णयहरु सार्वजनिक गर्ने क्रममा उक्त जानकारी गराएका हुन् ।

यस्ता छन् सरकारले गरेका पछिल्ला निर्णयहरु–

१. गैरकानुनी रूपमा नेपालमा बसिरहेका पाँच जना श्रीलंकन नागरिकको २ लाख ५० हजार रूपैयाँ जरिवाना र ३७ हजार ३ सय ८० अमेरिकी डलर भिसा शुल्क मिनाहा गरी निस्काशन गर्ने निर्णय गरिएको छ ।

२. नेपाल र जर्मनीका परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी आशयपत्रमा नेपाल सरकारका तर्फबाट समकक्षी मिलाई हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिइएको छ ।

३. ३ सय थान नयाँ विद्युतीय बस खरिद गर्न भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयमार्फत साझा यातायत सहकारी संस्था लिमिटेडलाई ३ अर्ब रूपैयाँ नेपाल सरकारको शेयर लगानीका रूपमा उपलब्ध गराउने निर्णय गरिएको छ ।

४. प्रदेशमा हस्तान्तरण भएका १४ वटा सडक डिभिजन कार्यालयलाई सडक विभागको काम समेत निरन्तर गर्न लगाउने निर्णय गरिएको छ ।

५. बुटिक विमानस्थल विकाससम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्ने निर्णय गरिएको छ ।

६. प्रत्येक प्रदेशका नगरपालिका प्रमुख र उपप्रमुखमध्येबाट कम्तिमा ३ जना महिलासहित ७ जनालई नगर विकास कोष सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

७. राष्ट्रिय आवास कम्पनी लिमिटेडको महाप्रबन्धक पदमा श्री नारायणप्रसाद बास्तोलालाई नियुक्त गरिएको छ ।

८. नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी (अठारौ संशोधन) नियमावली २०३ स्वीकृत गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर