newskoseli.Com

माइला पक्राउप्रति विप्लवको कडा प्रतिक्रिया : ‘योजनाबद्ध प्रतिरोध गर्ने’ चेतावनी (विज्ञप्तिसहित)

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं उपत्यका ब्युरो इन्चार्ज तथा प्रशिद्ध जनसंस्कृतिकर्मी माइला लामालाई शनिबार मध्यराति सरकारले पक्राउ गरेपछि सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले कडा प्रतिक्रिया जनाएका छन् ।

सोमबारको मितिमा प्रेषित तर न्युजकोसेलीलाई मंगलबार मात्रै प्राप्त विज्ञप्तिमा महासचिव विप्लवले लेखेका छन्– ‘सांगनठनिक कामको सिलसिलामा भक्तपुरको एक घरमा सुतिरहेको अवस्थामा हतियारधारी सुरक्षा फौजले संकटकाललाई बिर्साउने गरी गिरफ्तार गरेको छ । केपी सरकारको यस्तो रवैयाको हाम्रो पार्टी घोर भर्त्सना गर्नुका साथै तुरुन्त ससम्मान रिहा गर्न जोडदार माग गर्दछौं ।’

‘सबै देशभक्त, सच्चा लोकतन्त्रवादी, जनपक्षीय शक्तिहरु सचेत हुँदै नयाँ प्रतिरोधमा उत्रिन अब ढिला भैसकेको छ,’ महासचिव विप्लवले अगाडि लेखेका छन्– ‘यदि यो सरकारले कमरेड सुदर्शनलगायतका जेल चलान गरिएका सबै कमरेडहरु र माइला लामालगायतका सबै गिरफ्तारीमा परेका जिम्मेवार कमरेडहरुलाई विनासर्त ससम्मान रिहा नगरे हाम्रो पार्टी योजनाबद्ध प्रतिरोध गर्न बाध्य हुनेछ, त्यसबाट निस्कने प्रतिफलको भागेदार स्वयं यो सरकार हुनेछ ।

थप यो पनि पढ्नुहोस्–
चर्चित जनसंस्कृतिकर्मी माइला लामा गिरफ्तार

यसैगरी, आइतबार नै सो पार्टीसम्बद्ध अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलियाले विज्ञप्ति जारी गर्दै सो महासंघका अध्यक्ष माइला लामाको गिरफ्तारीप्रति भर्त्सना गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेका छन् ।

त्यसैगरी, आइतबार नै प्रगतिशील लेखक संघ, नेपाल (प्रलेस) केन्द्रीय समितिका तर्फबाट अध्यक्ष प्रा.डा. जिवेन्द्रदेव गिरी तथा महासचिव समीर सिंहले पनि विज्ञप्ति जारी गर्दै जनकलाकार एवं साहित्यकार माइला लामाको गिरफ्तारी खेदजनक भएको उल्लेख गरेका छन् । यसप्रकारका परिघटनाले नेपाली समाज पुनः द्वन्द्वतिर जाँदै गरेको आभाष हुनु दुःखद् भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो छ विप्लवको विज्ञप्ति–

यस्तो छ जनसांस्कृतिक महासंघको विज्ञप्ति–

यस्तो छ प्रगतिशील लेखक संघको विज्ञप्ति–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर