newskoseli.Com

नारायणकाजीले यसकारण दाबी गरे ‘स्कुल विभाग’…

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेका बेला प्रमुख विभागहरुको नेतृत्वमा को रहने भन्ने विवाद उत्कर्षमा पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक साताअघि नै सचिवालय सदस्यलाई विभागीय प्रमुख टुंग्याउने क्रममै ‘स्कुल विभाग’ विवादमा परेको हो । ‘अब स्कुल विभागको टुंगो लागेपछि मात्रै सचिवालयको बैठक बस्छ’– सचिवालयका एक सदस्यले भने ।

आर्थिक विभाग र प्रचार विभाग भने सुरुमा पूर्वमाओवादीको भागमा परेको थियो । नारायणकाजी श्रेष्ठले ‘जनताको जनवाद’ मा आफ्नो योगदान रहेको भन्दै स्कुल विभागमा कडा दाबी गरेपछि प्रचार विभाग र आर्थिक विभाग अब कसको भागमा पर्छन् भन्ने नै अन्योल सिर्जना भएको सचिवालयका ती सदस्यले बताएको खबर टपेन्द्र कार्कीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर