newskoseli.Com

सिंगै परिवारसहित प्रचण्ड किन उडे दुबई ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सपरिवार संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

मंगलबार बिहान अध्यक्ष प्रचण्ड पत्नी सीता तथा छोरीहरु रेणु र गंगासहित युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी रहेकी पत्नी सीताको इच्छाअनुसार ५ दिने युएई भ्रमण यो भ्रमण गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

सोमबार बसेको पार्टी केन्द्रीय सचिवालयको बैठकमा जानकारी गराएरै भएको यस भ्रमणका क्रममा अध्यक्ष प्रचण्डका कुनै पनि राजनीतिक भेटघाटका कार्यक्रम नरहेको बताइएको छ । प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओली पनि स्वास्थपरीक्षणका लागि शनिबार सिंगापुर जाने कार्यक्रम छ ।

दुवै अध्यक्ष विदेश भ्रमणमा निस्कने भएपछि पार्टीको सचिवालय बैठक समेत दुई हप्तापछि मात्रै बस्ने गरी स्थगन गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर