newskoseli.Com

योगेश भट्टराई मन्त्री बन्दा रामकुमारी झाँक्रीले भनिन्– ‘भुंग्रोमा पर्नुभयो’ (स्ट्याटससहित)

फागुन १५ देखि खालि रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको कुर्सीमा साउन १५ मा बस्न आइपुगे सत्ताधारी नेकपाका स्थायी समिति सदस्य एवं चर्चित युवानेता योगेश भट्टराई ।

बुधबार अपराह्न ४ बजे भट्टराईले मन्त्री पदको सपथ ग्रहण गरेसँगै उनलाई सामाजिक सञ्चजालमार्फत र भेटेरै समेत बधाई दिनेको बाढी नै चल्यो । यो बाढीका बीच सत्ताधारी पार्टीभित्रकै कतिपयले भने सांकेतिक रुपमा प्रधानमन्त्री ओलीको आलोचना गर्दै योगेश भट्टराईलाई ‘सचेत भएर काम गर्न’ सुझाए । नेता घनश्याम भुसाललगायत धेरैले यही शैलीमा मन्त्री भट्टराईलाई बधाई तथा शुभकामना दिए ।

तर, केही नेता–कार्यकर्ताले भने खुलेरै ओलीको आलोचना गर्दै नेता भट्टराईलाई प्रधानमन्त्री ओलीले आफ्नो सुरक्षा कवचका रुपमा सरकारमा भित्र्याएको आशय व्यक्त गरे । सो पार्टीकी चर्चित नेतृ रामकुमारी झाँक्रीले योगेशलाई बधाई दिँदै सामाजिक सञ्जाल ‘फेसबुकमा लेखिन्– ‘आफ्नै कारण अप्ठ्यारोमा परेकाले मुठ्ठी केही खुकुलो बनाउनु पर्‍यो, जसको कारण योगेश दाइलाई मन्त्री बनाइयो ।’

नेतृ झाँक्रीले मन्त्री भट्टराई ‘भुंग्रोमा परेको’ उल्लेख गर्दै अगाडि लेखेकी छन्– ‘सरकार अलोकप्रियताको भुँग्रोमा छ, दाइ त्यही भुंग्रोमा पर्नुभयो अहिले । मेरी आमा भन्नुहुन्थ्यो– जुन भुंग्रोमा परे पनि निस्कनुपर्छ । हो, @yogesbhattarai भुंग्रोबाट निस्कनुपर्छ, हार्दिक बधाई अनि शुभकामना !’

यस्तो छ नेतृ झाँक्रीको बधाई–स्ट्याटस–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर