newskoseli.Com

वामदेव एकाएक ‘शक्तिशाली’ यसरी बने नेकपामा…

सत्ताधारी नेकपाभित्र वामदेव गौतम फेरि ‘शक्तिशाली’ भएका छन् । गत प्रतिनिधिसभा चुनावमा पराजित भएयता नेकपाभित्रै गौतमको राजनीतिक भविष्यमा प्रश्न उठिरहेका बेला एकाएक उनी फेरि पार्टीमा शक्तिशाली बनेर उदाएका हुन् ।

उनले संगठन विभागको नेतृत्व मात्र पाएनन्, उनकै लागि विधान संशोधन गरेरै उपाध्यक्ष बनाउने प्रस्तावमा समेत सचिवालय बैठकमा छलफल भएको छ । अब नेकपाको सचिवालयले उनलाई उपाध्यक्ष बनाउने प्रस्ताव स्थायी समितिमा लगेर निर्णय लिनेछ । यो निर्णयसँगै नेताहरूको मर्यादाक्रममा पाँचौं नम्बरमै रहे पनि गौतम पार्टीभित्र बलिया बन्नेछन् ।

दुई ‘कम्युनिस्ट’ बीचको पार्टी एकतामा समेत निर्णायक भूमिका खेले पनि उपयुक्त जिम्मेवारी नदिइएको, निर्वाचनमा ओली पक्षका नेताहरूकै कारण पराजित हुनु परेको र उपचुनावमार्फत फेरि संसद् छिर्न आफूले गरेको तयारीमा समेत ओली नै ‘अवरोधक’ बन्न पुगेको ठानेपछि गौतम ओलीसँग टाढिन पुगेका थिए ।

गत स्थायी समिति बैठक (मंसिर २९ देखि पुस १३) मा दुई अध्यक्षको लिखित प्रस्तावमाथि गौतमले फरक मत राखेका थिए । प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीको खरो आलोचकका रूपमा देखिएका गौतमले त्यसबेला ‘एक व्यक्ति एक कार्यकारी पद’ को बहस ल्याएर एउटा अध्यक्षलाई प्रधानमन्त्री र अर्का अध्यक्षलाई पार्टी सञ्चालनको जिम्मेवारी दिन प्रस्ताव गरेका थिए ।

त्यसपछि भने नेकपाभित्रै धेरै नेतालाई लागेको थियो– गौतमको ओलीसँग सम्बन्ध–विच्छेद हुने भयो । तर, ८ महिनामै नेकपाभित्रको समीकरण यसरी बदलियो कि फेरि वामदेव नै ओलीका लागि सबैभन्दा भरपर्दा व्यक्ति बनेर निस्किएको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा आइतबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर