newskoseli.Com

विप्लव नेकपाका जिल्ला इन्चार्जसहित २ पक्राउ, ७० वर्षीय ‘जनसरकार’ प्रमुख पनि समातिए

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कास्की जिल्ला इन्चार्ज रुपेश भनिने कृष्ण वाग्ले पक्राउ परेका छन् ।

सो पार्टीका जिल्ला इन्चार्जसहित दुई जनालाई शुक्रबार बिहान ८ बजे पोखरा महानगरपालिका– २७, शिसुवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । पक्राउ परेका अर्का एक जनाको परिचय खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

वाग्ले तनहुँबाट केही हप्ताअघि मात्र सो पार्टीको जिल्ला इन्चार्ज बनेर कास्कीमा खटिएको बुझिएको छ । पक्राउ परेकाहरुबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । सो पार्टीका जिल्ला सेक्रेटरी सुजन विश्वकर्मा समेत गत महिना पक्राउ परिसकेका छन् ।

यसैबीच, नवलपरासी प्रहरीले पश्चिम नवलपरासी जिल्लाका जनपरिषद् प्रमुख ७१ वर्षीय प्रेमप्रसाद ढकाल (पृथ्वी) लाई बिहीबार पक्राउ छ । २०७५ फागुन २९ मा सो पार्टीले आह्वान गरेको नेपाल बन्दको पूर्वसन्ध्यामा राजमार्गमा दुई वटा ट्रकमा आगो लगाई संगठित अपराध मुद्धामा फरार रहेकाले ढकाललाई पक्राउ गरिएको पश्चिम नवलपरासीका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिएका छन् ।

सुनुवल– १३ मा डेरा गरी बस्ने ढकाललाई सुनुवल इलाका प्रहरी कार्यालयको टोलीले सोही स्थानबाट पक्राउ गरेको हो । उनी सो पार्टीको जिल्ला कमिटी सदस्य समेत रहेको डीएसपी थापाले बताएका छन् ।

यो पनि पढ्नुहोस्–
विप्लव नेकपाका ‘जनसरकार’ प्रमुख पक्राउ

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर