newskoseli.Com

‘ओलीजी र मेरो भनाभन श्रीमान्–श्रीमतीबीचको घरझगडा’ : माधव नेपाल

सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच बिहीबार बिहान केन्द्रीय सचिवालयको बैठकमै चलेको भनाभन ‘श्रीमान्–श्रीमतीबीचको घरझगडा’ जस्तै भएको बताएका छन् ।

त्यो भनाभनबारे कार्यकर्ताहरुले चिन्ता व्यक्त गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त विषयलाई सामान्य रुपमा लिन वरिष्ठ नेता नेपालले आग्रह गरे । विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन र एजेन्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने उनले बताए । सोही क्रममा अध्यक्ष ओलीसँग चलेको भनाभनलाई ‘श्रीमान्–श्रीमतीबीचको घरझगडा’ का रुपमा बुझ्न उनले आग्रह गरे ।

‘झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निराश हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्छ,’ नेता नेपालले भने– ‘राजनीतिमा पनि भागेर नभई समस्यासँग जुध्दै र सामना गर्दै अघि बढ्नुपर्ने आवश्यकता हुन्छ ।’

‘नेताहरुबीच भनाभन भएछ भनेर पूर्ववक्ता साथीले चिन्ता व्यक्त गर्नुभयो, यसबाट कोही पनि अत्तिनु पर्दैन । घरमा श्रीमान्–श्रीमतीबीच झगडा भयो भने दिक्क मान्ने ? यो त्यही हो । बिहे गर्नु नै बेकार रहेछ, छोराछोरी जन्माउनु नै बेकार रहेछ भन्नु ? यो जीवनको यथार्थ हो, पछाडि हट्नु हुँदैन’– नेता नेपालले भने ।

‘आएका समस्यालाई कसरी समाधान गर्ने ? समस्या त आउँछन्, नआऊन् भन्ने हो भने पर जंगलमा गएर एक्लै तपस्या गरेर बसे हुन्छ । सामाजिक जीवनमा प्रवेश गर्ने हो भने अनेकौं समस्याहरु आउँछन्, बाधा–अवरोधहरु आउँछन्, ती समस्याहरुको सामना गर्ने आँँट हुनुपर्छ र सामर्थ्य पनि हुनुपर्छ । यदि तपाईंमा सामर्थ्य छैन भने तपाईं केही पनि गर्न सक्नुहुन्न’– उनले भने ।

कस्तो थियो भनाभन, जान्न यो समाचार पढ्नोस्–
ओली–माधव बाझाबाझ : नेकपा बैठककाे शब्दचित्र…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर