newskoseli.Com

ओली–माधव बाझाबाझ : नेकपा बैठककाे शब्दचित्र…

प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर उड्नुअघि बसेको सत्ताधारी नेकपाको केन्द्रीय सचिवायल बैठकमै अध्यक्ष ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालले बाझाबाझ गरे ।

समय बिहान : बिहान ९ः३०
स्थान : प्रधानमन्त्री निवास बालुवाटार

केपी ओली : (सचिवालय बैठक प्रारम्भ गर्दै) आज एजेन्डामा छलफल हुन्न । बैठकले मेरो स्वास्थ्यलाभको कामना गरोस् । म तपाईंहरूको शुभकामना लिएर उपचारमा जान्छु । मैले आफू नभएका बेला अब पार्टीको बैठक बस्ने र निर्णय लिने गरी प्रचण्डजीलाई जिम्मा दिएको छु । उहाँ (प्रचण्ड) ले म नहुँदा पनि बैठक राख्न सक्नुहुन्छ । आवश्यक निर्णय पनि लिन सक्नुहुन्छ । पार्टीका बाँकी एकताका काम टुग्याउँदै जानुहोस् । सबै निर्णय सहमतिका आधारमा गर्नुहोस् । आवश्यक पर्दा मसँग पनि टेलिफोन सम्पर्क गर्न सकिन्छ । तपाईंहरू मिलेर पार्टीलाई सर्वसम्मत ढंगले चलाउँदै गर्नुहोस् ।

माधव नेपाल : कुनै पनि हालतमा सर्वसम्मत हुँदैन । सबै निर्णय एकलौटी गरेर कसरी सर्वसहमति ? असहमतिकै बीचमा तपाईंहरूले थुप्रै निर्णय गर्नुभएको छ । अबचाहिँ कसरी सहमति ? मैले आफ्नो असहमतिका कुरा लिखित रूपमा रखिसकेको छु । त्यसलाई पनि प्रस्तावका रूपमा छलफल गरेर लैजाऔं । अरूलाई अनेकथरी भन्नुहुन्छ । तपाईंका निकटका मान्छेले चाहिँ जे पनि बोल्न र लेख्न मिल्छ श्र उनीहरूलाई अनुशासन लाग्दैन ? मैले पार्टीमा आफ्ना कुरा राख्न समेत नपाउने ? मैले नोट अफ डिसेन्ट राखेपछि राजेन्द्र गौतमले फेसबुकमा के लेखेको त्यसरी ? हेर्नुभएको छ ? तपाईंका मान्छेलाई किन कारबाही नगर्ने ? कारबाही गर्नुहोस् ।

नेपाल : तपाईंहरुका कुरा कत्ति मिठा ! यसैगरी पार्टी चलाउँदै जानुहोस् ।

ओली : तपाईंले मेरो स्वास्थ्यबारेमा के सोच्नुहुन्छ, तपाईंको चाहना मैले बुझेकै छु । कहाँ–कहाँ, के–के भन्दै हिँड्नुभएको छ, बुझेकै छु । लौ भैगो, तपाईंको शुभकामना चाहिएन मलाई ।

नेपाल : तपाईंको स्वास्थ्यका बारेमा मैले कहाँ नकारात्मक टिप्पणी गरें ? एउटा मात्र प्रमाण जुटाइदिनुहोस् । म त्यत्तिसम्म हृदयविहीन र निष्कृष्ट मान्छे होइन । छानबिन गरौं ।

ओली–नेपाल बाझाबाझको याे शब्दचित्र रामकृष्ण अधिकारीको बाइलाइनमा शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर