newskoseli.Com

यसकारण राष्ट्रपति बन्न रुचाएनन् माधव नेपाल…

एमालेले राष्ट्रपति बन्नका लागि प्रस्ताव राख्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त्यसप्रति रुचि देखाएनन् । संसदमा सातौं दलको हैसियतमा रहेको नेकपा एसका अध्यक्ष नेपालले एउटा महत्त्वपूर्ण अवसर चुकाएको भनेर पनि विश्लेषण गरिएको छ ।

पछिल्लो आमचुनावबाट राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एसलाई पछिल्लो समय एमालेले दलको मान्यता दिएर पार्टी एकीकरणसहित राष्ट्रपति बन्न गरेको प्रस्तावलाई अस्वीकार गर्दा बेग्लै राजनीतिक वातावरण बनेको छ । मुलुकको चौथो कार्यकालका लागि तेस्रो व्यक्ति राष्ट्रपति बन्ने अवसरबाट नेता नेपाल चुकेको भनिए पनि उनी एमालेसँग विश्वस्त हुन नसक्दा उनी राष्ट्रपति बन्ने प्रस्तावबाट पछि हटेका हुन् ।

एमालेका केही सांसदले आफूलाई मत हाल्दैनन् भन्ने सूचनालाई आधार मानेर नेपालले राष्ट्रपतिको प्रस्तावलाई पन्छाएका हुन् । जानकारहरूका अनुसार शुक्रबार बिहान नेपाल निवास कोटेश्वरमा राष्ट्रिय अनुसन्धान विभागको हवाला दिएर एमालेका ८ संघीय सांसद र १५ प्रदेश सांसदले मत हाल्दैनन् भन्ने जुन सूचना दिइयो, अन्ततः त्यही कारणले शुक्रबार साँझ एमाले अध्यक्ष ओली र नेपालबीच भएको भेटघाटमा अविश्वास उत्पन्न भयो ।

‘मैले हार्ने चुनाव किन लड्ने ? माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले नेपाली कांग्रेसलाई सहयोग गर्ने गरी अघि बढिसके; राष्ट्रपति कांग्रेसले जित्छ, कांग्रेससँग प्रतिस्पर्धा गरेर हार्नुपर्ने अवस्था आउँछ भनेर नेपाल बाहिरिए,’ स्रोतले भन्यो– ‘एमाले अध्यक्षले विश्वास दिलाउने आधार दिन्छु भन्दा पनि उनले मानेनन् ।’

त्यसपछि नै एमालेले राष्ट्रपतिमा सुवास नेम्वाङलाई उम्मेदवार बनायो । त्यसलगत्तै एमालेले नेकपा एसलाई समेत पत्राचार गरेर पार्टीका रूपमा स्वीकार गरेको खबर सोमबारकाे नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर