newskoseli.Com

सल्बलाएकै हो त ‘चिहानको हड्डी’ ? किन झस्किए नेताहरू ?

हामीले उदारतापूर्वक ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा सुरक्षासहित बस्ने अधिकार दिएका छौं । हामीले उदारतापूर्वक लोकतान्त्रिक प्रणालीभित्र बस्न दिएको त अहिले ८–१० वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष नपुग्दै उनीहरूले जे बकवास गर्न थालेका छन्, बकबास गर्न बन्द गरे हुन्छ ।
– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ (१९ साउनमा रामेछापमा आयोजित कार्यक्रममा)

सरकारको उदारता र संयमलाई हेरेर केही तत्त्व बढ्तै हौसिएको देखिन्छ । म भन्न चाहन्छु– संविधानसम्मत ढंगले चल्ने कुरामा, संवैधानिक दायरामा चल्ने कुरामा यो सरकार अत्यन्त प्रसन्नतापूर्वक विरोधको पनि स्वागत गर्दछ । तर, सरकारको आलोचनाका नाममा प्रणाली उल्टाउँछु भन्ने, प्रतिगमन गर्छु भन्ने, संविधान अस्वीकार गर्छु भन्ने कुरा अहिलेको सरकारलाई मान्य हुँदैन ।

जुन संस्था र निकायका कुरा गर्नेहरू ती संस्था जिउँदै हुँदा हामीले ठेगान लगाएका छौं । अहिले चिहानमा गएर हड्डी फुकेर त्यो संस्था फर्काउँछु भन्ने खालका परिकल्पना समेत गरेर उफ्रिएको देखिन्छ । यो बेमौसमको बाजा नबजाए हुन्थ्यो ।
– प्रधानमन्त्री केपी शर्मा ओली (१ भदौमा संसदको बैठकमा)

प्रणालीकै विरुद्धमा आवाज उठ्न थालेका छन् । यो दुस्साहस कहाँबाट, कसरी आयो ? बढदो हिंसाविरुद्ध, शान्तिका पक्षमा सरकार एक्लै लड्ने कि विपक्षीले पनि साथ दिने ? लोकतन्त्रको आधारभूत सवाल र संविधानलाई बलियो बनाउने विषयमा हामी सबै एक ठाउँमा किन नहुने ?
– प्रधानमन्त्री केपी शर्मा ओली (३ भदौमा आयोजित सर्वदलीय बैठकमा)

***                ***                                  ***       ***

सत्तारूढ नेकपाका दुई अध्यक्षका पछिल्ला अभिव्यक्ति हुन् यी । झन्डै दुईतिहाइको सत्तारूढ दलका अध्यक्षद्वयका एकै समयमा यस्ता अभिव्यक्ति किन आए ? उनीहरूले भनेजस्तै अहिले संविधान र गणतन्त्रविरुद्ध खतरा देखिएकै हो त ? यतिबेला नेपाली राजनीतिक वृत्तमा चर्चा भइरहेको विषय हो यो ।

नेताहरूले कोठे बैठकमा ‘षड्यन्त्र सुरु भएको’ बताउन छाडेका छैनन् । सार्वजनिक रूपमा बोल्दा भने उनीहरूले ‘व्यवस्थाविरुद्ध कसैले चलखेल गर्न नसक्ने’ दाबी गरिरहेको खबर रामकृष्ण अधिकारीको बाइलाइनमा मंगलबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर