newskoseli.Com

आलोपालो प्रधानमन्त्रीबारे जनार्दन शर्मा : ‘एकता मुख्य, अरू तपशिल’; विप्लवलाई आग्रह : ‘बन्दुक पड्काएर समाजवाद आउँदैन’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले नेत्रविक्रम चन्द ‘विप्लव’ लाई वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस सङ्गठन दाङले शुक्रबार बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले भने– ‘अब बन्दुक पड्काएर समाजवाद आउँदैन, त्यसैले विप्लवजी मूलधारको राजनीतिमै फर्कनोस्, म आग्रह गर्न चाहन्छु ।’ नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको नेता शर्माले बताए ।

आलोपालो प्रधानमन्त्रीबारे विगतमा भएको सहमतिप्रति संकेत गर्दै उनले भने– ‘पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशिल हुन्, पार्टीले अहिलेको आवश्यकता अनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ । ’ शर्माले अगाडि भने– ‘पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रित भएर अगाडि बढ्छ ।’

देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको नेता शर्माले बताए । सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर